FAQs Complain Problems

सहुलियत कर्जा सम्वन्धी एक दिने अभिमुखिकरण कार्यक्रम

आज मिति २०७८ साल कार्तिक १२ गते कमलामाई नगरपालिकाकाे आयाेजनामा कमलामाई नगरपालिकाबाट संचालन गरिएकाे युवा तथा नगर स्वराेजगार कार्यक्रमका युवा व्यवसायीहरुका लागि सहुलियत कर्जा सम्वन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ ।

 

उक्त कार्यक्रममा कनपाका नगर प्रमुख श्री खड्ग बहादुर खत्रीज्यूले अध्यक्षता गर्नुभएकाे थियाे । कार्यक्रममा नगर प्रवक्ता तथा वडा नं ७ का वडा अध्यक्ष श्री कर्ण बहादुर घिसिङज्यूले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे । कार्यक्रममा नगर उप प्रमुख, प्रशिक्षक, १४ वटै वडाका वडा अध्यक्ष, युवा स्वराेजगार संचालक समितिका सदस्यहरु र युवा व्यवसायीहरुकाे उपस्थिति रहेकाे थियाे ।

 

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका प्रतिनिधिद्धारा प्रशिक्षण गर्नुभएकाे थियाे । कार्यक्रममा युवा व्यवसायीहरुलाई वित्तिय संस्थाहरुबाट प्राप्त हुने सहुलियत कर्जा सम्वन्धी अन्तरक्रिया गराईएकाे थियाे ।

 

उधाेग तथा व्यवसाय प्रवर्द्धन विकास शाखाका शाखा प्रमुख श्री शुलाेचना लुईटेलज्यूले कार्यक्रम संचालन गर्नुभएकाे थियाे ।