FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम सुरुवात

कमलामाई नगरपालिकाद्वारा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम सुरुवात गरेको छ ।
आज कमलामाई नगरपालिका वडा नं ६ राम्माडी स्थित नुनथलामा कनपा ६ का वडा अध्यक्ष उज्ज्वल कुमार थापाको उपस्थितिमा नगर प्रमुख खड्ग बहादुर खत्रीद्वारा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । त्यसै गरि कनपा वडा नं ७ रामपुरमा वडा अध्यक्ष कर्ण बहादुर घिसिङको उपस्थितमा नगर प्रमुखले सामाजिक सुरक्षा भत्ता वितरण गर्नुभएको छ।

कोभिड १९ ले निम्त्याएको समस्याको यस घडीमा आ ब ०७६/०७७ को चैत र वैशाख महिनाको सामाजिक सुरक्षा भत्ता तत्काल वितरण गरिएको नगर प्रमुखले जानकारी दिनुभयो । यस भत्ताले बृद्धअबस्था, अपांग भएका व्यक्ती तथा अरुमा निर्भर भएर जिविकोपार्जन गर्नु भएका व्यक्तिको लागि यस लकडाउनको घाडिमा ठुलो राहात दिएको वताउनुभयो ।
भत्ता वितरण गर्दा सामाजिक दुरि कायम गरि सुरक्षित ढंगले सामाजिक सुरक्षा भत्ता वितरण गरेको कनपा ६ का वडा अध्यक्ष उज्ज्वल कुमार थापाले बताउनुभयो ।