FAQs Complain Problems

सुविधा सम्पन्न ल्याब सहितकाे भिमान स्वास्थ्य चाैकी

आज मिति २०७८ मंसिर २९ गते कमलामाई नगरपालिकाका नगर प्रमुख श्री खड्ग बहादुर खत्रीज्यूद्धारा कनपा ०९ स्थित भिमान स्वास्थ्य चाैकीमा रहेकाे ल्यावकाे नयाँ उपकरणहरुकाे उद्धघाटन गर्नुभएकाे छ ।

कमलामाई नगरपालिकाकाे सहयाेगमा भिमान स्वास्थ्य चाैकीमा ल्यावकाे लागि आवश्यक Hematology Analyzer र Biochemistry Analyzer उपकरणहरु हस्तान्तरण गरिएकाे थियाे ।

हालै कमलामाई नगरपालिकाले आफ्नै पहलमा भिमान स्वास्थ्य चाैकीमा MBBS डाक्टरकाे व्यवस्था गरेकाे छ । उक्त स्वास्थ्य चाैकीमा हाल डाक्टर आशिष कुमार ठाकुर ईन्चार्ज हुनुहुन्छ ।

भिमान स्वास्थ्य चाैकीमा डाक्टर सहितकाे सेवा भएपछि नगर प्रमुखकाे पहलमा विभिन्न राेगहरुकाे उपचारका लागि भिमान स्वास्थ्य चाैकीलाई सुविधा सम्पन्न स्वास्थ्य चाैकीमा रुपानतरण गर्नका निम्ति आवश्यक उपकरणहरु उपलब्ध गराउनुभएकाे छ ।

उक्त स्वास्थ्य चाैकी ल्यावबाट विरामीहरुले CBC (WBC, RBC, Platelates, Haemoglobin) काे जाँच, गुलकाेजकाे मात्र, Pancreas काे जाँच, Liver काे जाँच, मृगाैलाकाे जाँच, काेलेस्ट्राेलकाे जाँच, Calcium र Iron काे मात्रा, Heartattack काे जाेखिमकाे अवस्था, Uric acid काे जाँच, मलेरिया, Typhoid काे जाँच, दिसा, पिसावकाे सामान्य जाँच, याैनजन्य राेगहरुकाे जाँच, पिसिआर टेस्ट लगायतकाे सेवा लिन सकिने वताउनुहुन्छ डा. आशिष कुमार ठाकुर । त्यस्तै उक्त स्वास्थ्य चाैकीबाट २४ सै घण्टा वर्थिङ्गकाे सेवा र वर्थिङ्गकाे लागि आवश्यक ल्याव टेष्ट पनि २४ सै घण्टा रहेकाे जानकारी गराउनुभएकाे छ ।

उक्त ल्याव विहान ८ वजे देखी दिउसाे २ वजे सम्म संचालन हुने र OPD सेवा विहान १० वजे देखी दिउँसाे ४ वजे सम्म संचालन हुदै आइरहेकाे छ ।

उक्त उद्धघाटन कार्यक्रममा कनपाका नगर उप प्रमुख श्री मञ्जु देवकाेटा, लेखा अधिकृत टेकेन्द्र कुमार कार्की, जनस्वास्थ्य निरिक्षक श्री केम थापा, सूचना प्रविधि अधिकृत श्री निर्मल लामा लगायत स्वास्थ्य चाैकीमा कार्यरत कर्मचारीहरुकाे उपस्थिति रहेकाे थियाे ।