FAQs Complain Problems

स्थानीय विपद ब्यवस्थापन निर्देशक तथा समन्वय समितिको वैठक (२०७६ साल चैत्र २९ )

आज मिति २०७६ साल चैत्र २९ गते कमलामाई नगरपालिका प्रमुख श्री खड्ग बहादुर खत्रीज्यूको अध्यक्षतामा स्थानीय विपद ब्यवस्थापन निर्देशक तथा समन्वय समितिको वैठक वसी विभिन्न विषयमा छलफल तथा निर्णयहरु गरियो ।

 

निर्णयहरु

 

१) कमलामाई नगरपालिका नगरकार्यपालिकाको कार्यालयवाट २०७६ साल फागुन २ गतेमा प्रकाशित वोलपत्र आह्वान सम्वन्धी सूचना अनुसार देहाय वमोजिमको योजना तथा कार्यक्रमहरुको वोलपत्र खोली मूल्यांकनको क्रममा रहेकोमा विद्यमान लकडाउनको कारणले गर्दा थप प्रकृया अगाडी वढाउन नसकिएको साथै यसै अवधिमा नेपाल सरकार, अर्थ मंत्रालयवाट समपुरक अनुदान, विशेष अनुदान तथा सशर्त अनुदान तर्फका योजनाहरुको विवरण माग भएको र सोको विवरण पठाईसकिएको साथै उक्त योजनाहरु समेत उल्लेखित अनुदान शीर्षकमा समेत समावेश भएकोले लकडाउन खुलेपछि थप निर्णय गरी वाकी प्रकृया अगाड़ी वढाउने निर्णय गरियो ।

 

 

 

२) हाल विद्यमान कोभिड १९ को माहामारीको कारणवाट कमलामाई नगरपालिका क्षेत्र भित्र राहत वितरणको लागी खाद्यान्न आपूर्तिका लागी डोकानियाब्रदर्स संग समझौता भए अनुसार भुक्तानी दिदा धरौटी वापत ५% रकम कट्टा गर्ने । समझौत अनुसार तत्काल ५०० प्याकेज राहत सामग्री माग गर्ने । आवश्यक भएमा थप माग गर्ने ।

 

KMU/SIN/Work/NCB/16/076/077 School Building Construction, Jana Jagriti S.S, Kamalamai Municipality-09, Bhiman, Sindhuli

 

 

KMU/SIN/Work/NCB/17/076/077 Field Protection Work, Jalakanya S.S., Kamalamai Municipality-03, Chapauli, Sindhuli

 

 

KMU/SIN/Work/NCB/18/076/077 Road Upgrading Work, Kusumtar-Khattar-Kholmadanda, Kamalamai Municipality-02, Sindhuli

 

 

KMU/SIN/Work/NCB/19/076/077 Black Topped Road Construction Work, Kamalamai Municipality-10, Dandatole-Dobhantar, Sindhuli

 

 

KMU/SIN/Work/NCB/20/076/077 Picnic Spot Management work, Kamalamai Municipality-08, Maisthan, Sindhuli

 

 

KMU/SIN/Work/NCB/21/076/077 Road Upgrading work, Kamalamai Municipality-05, Gaiyantar-Bhoje-Sanggamchwok, Sindhuli

 

KMU/SIN/Work/NCB/22/076/077 Picnic Spot Management work, Kamalamai Municipality-10, Chadaha, Sindhuli

 

 

KMU/SIN/Work/NCB/23/076/077 Health Post Building Construction Work, Kamalamai Municipality-11, Ranichuri, Sindhuli

 

 

KMU/SIN/Work/NCB/24/076/077 Land Fill Site Management Work, Kamalamai Municipality-05, SIndhuli

 

 

KMU/SIN/Work/NCB/25/076/077 Sindhuligadhi Infrastructure Development Work, Kamalamai Municipality-03, Sindhuli

 

 

KMU/SIN/Work/NCB/26/076/077 Water Supply Scheme, Kamalamai Municipality-09, Bhiman, Sindhuli

 

 

KMU/SIN/Work/NCB/27/076/077 Black Topped Road Construction Work, Kamalamai Municipality-08, Karkare, Sindhuli

 

 

KMU/SIN/Work/NCB/28/076/077 Road Upgrading work, Kamalamai Municipality-05,Ratamatedanda-Silame, Sindhuli

 

 

KMU/SIN/Work/NCB/29/076/077 Road Upgrading work, Kamalamai Municipality-08,Maisthan-Tintale, Sindhuli

 

 

३) लकडाउन अवधिमा आफ्नो श्रम व्यवसाय नचली दैनिक गुजरा गर्न कठिनाई भएका र निर्देषित मापदण्ड पूरा भई सम्बंधित वडाहरुको सिफारिस भई आएका तपशीलका र घर परिवारहरुलाई राहत प्याकेज उपलब्ध गराउने निर्णय गरियो ।

 

वडा परिवार संख्या

१ ४९

२ ९६

८ ६३

९ ९२