समाचार
हरितालिका तीजको पावन अवसरमा नगर प्रमुखद्धारा शुभकामना व्यक्त
नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी बहिनीहरूमा पारिवारिक आत्मियता, सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
यस पर्वले सम्पूर्ण महिला आमा, दिदी बहिनीहरुमा उमङ्ग,उत्साह र हौसला छाउन् साथै सम्पूर्ण महिलाहरुको हक, अधिकारको पूर्ण प्राप्ति र यसको सहि अभ्यास हुन सकोस ।
हरितालिका तीजलाई नेपाली महिलाहरूले एक सनातन सांस्कृतिक पर्वको रूपमा मनाउँदै आएका छन् । भाद्र शुक्लपक्ष तृतीयाका दिन पर्ने यस पर्वमा महिलाहरूले भगवान् शिव-पार्वतीको पूजा आराधना गर्दै आफ्नो सौभाग्य¸ परिवारको सुख¸ सुस्वास्थ्य र दीर्घायुको कामना सहित उपवास बस्नाले मनोकामना पूरा हुने विश्वास रहिआएको छ। यस्ता सांस्कृतिक पर्वहरूले सबै नेपालीहरूको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्याइरहेका हुन्छ । हरितालिका तीजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्दै जानु र भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु अति आवश्यक रहेको छ ।
खड्ग बहादुर खत्री
नगर प्रमुख
कमलामाई नगरपालिका