FAQs Complain Problems

१२ जना युवा उद्यमीहरुलाई विना व्याज र विना धिताे कर्जा

आज मिति २०७८ साल जेष्ठ २६ गते आ व ०७७/०७८ काे वार्षिक कार्यक्रम र नगर युवा स्वराेजगार संचालन कार्यविधि २०७७ अनुसार नगर युवा स्वराेजगार कार्यक्रम संचालन समितिका संयाेजक तथा कमलामाई नगरपालिकाका नगर प्रमुख श्री खड्ग बहादुर खत्रीज्युकाे अध्यक्षतामा आज एक कार्यक्रम विच नगरका १२ जना युवा उद्यमीहरुलाई विना व्याज र विना धिताे कर्जा उपलब्ध गराएकाे छ ।

यस कार्यविधि अनुसार युवा उद्यमीहरुलाई व्यवसायका साथै शैक्षिक प्रमाण पत्रकाे आधारमा पनि विना व्याज र विना धिताे शैक्षिक कर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरिएकाे छ । उक्त कर्जा छैठाैँ महिना देखी १९ किस्तामा तिर्नुसक्नु पर्नेछ ।

कमलामाई नगरपालिकाका नगर प्रमुख स्वयंम आफै स्थलगत अनुगमन गरे पश्चात आज १२ जना उद्यमी तथा विद्यार्थीलाई उक्त ऋण उपलब्ध गराउनु भएकाे छ ।

ऋण प्राप्त गर्ने व्यक्तिहरुकाे नामावली यस प्रकार रहेकाे छ ।

१. नरेन्द्र बहादुर कार्की कनपा ९ कुखुरा पालन तीन लाख रुपैयाँ

२. नागेन्द्र ठाकुर कनपा ६ शैलुन व्यवसाय दुई लाख रुपैयाँ

३. प्रितम कुमार पौडेल कनपा ९ ईलेक्ट्रोनिक्स एण्ड फोटो स्टुडियो तीन लाख रुपैयाँ

४. पवन कुमार बस्नेत कनपा ६ वंगुर पालन चार लाख रुपैयाँ

५. मनोज बराल कनपा ९ कृषि तथा पशुपन्छी

६. राजु पाख्रिन कनपा ६ कुखुरा, हास, माछा पालन चार लाख रुपैयाँ

७. लाल कुमार हायु कनपा १० मासु पसल तीन लाख रुपैयाँ

८. लिला बहादुर याेञ्जन कनपा २ बाख्रा पालन तीन लाख रुपैयाँ

९. विना कुवर कनपा ८ होटल व्यवसाय चार लाख रुपैयाँ

१०. सुनिता श्रेष्ठ कनपा ५ अध्ययन अध्यापन पाच लाख रुपैयाँ

११. सम्झना ढकाल कनपा ६ व्युटी पार्लर चार लाख रुपैयाँ

१२. सुर्य प्रभा आचार्य कनपा ४ सिन्का उधोग पाच लाख रुपैयाँ

त्यस्तै युवा स्वराेजगार कार्यक्रम अन्तरगत आज १५ जना युवा व्यवसायीले दाेश्राे किस्ता प्राप्त गर्नुभएकाे छ । युवा स्वराेजगार कार्यक्रम अन्तरगत जम्मा ४२ जना युवा उद्यमीहरुलाई समेटिएकाे थियाे ।

कार्यक्रममा नगर उप प्रमुख श्री मञ्जु देवकाेटा, प्रमुख प्रशासकीय अधिकृत श्री विशकसेन ढकाल, उद्याेग व्यवसाय तथा प्रर्वद्धन विकास शाखाका शाखा प्रमुख शुलाेचना लुईटेल, सूचना प्रविधि अधिकृत ई. निर्मल लामा, कर्मचारी शशी थापा र युवा व्यवसायीहरुकाे उपस्थिति रहकाे थियाे ।

कमलामाई नपा द्धारा युवा स्वराेजगार कार्यक्रम र नगर युवा स्वराेजगार कार्यक्रममा एक एक कराेड गरि दुई कराेड वजेट विनियाेजन गरेकाे थियाे ।