FAQs Complain Problems

१ दिने घरबहाल तथा व्यवसाय कर लगत संकलन अभिमुखिकरण कार्यक्रम

आज मिति २०७८ मंसिर २३ गते कमलामाई नगरपालिकाकाे आयाेजनामा लगत संकलकहरुका लागि १ दिने घरबहाल तथा व्यवसाय कर लगत संकलन अभिमुखिकरण कार्यक्रम कमलामाई नगरपालिकाका नगर उप-प्रमुख श्री मञ्जु देवकाेटाज्यूकाे अध्यक्षतामा सम्पन्न भएकाे छ ।

 

नेपालकाे संविधान र स्थानीय सरकार संचालन ऐन, २०७४ काे दफा ५७ बमाेजिम नगरपालिकाले आफ्नाे क्षेत्रभित्र लगाउन पाउने घर बहाल करकाे करदाता पहिचान, कर मूल्यांकन, कर निर्धारण र कर असुली कार्यलाई सरल, पारदर्शी र व्यवस्थित बनाई नगरपालिकाकाे आन्तरिक स्राेत परिचालनमा प्रभावकारिता ल्याउने उद्धेश्यले न.पा द्धारा कर लगत संकलकहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम आयाेजना गरिएकाे थियाे ।

 

उक्त कार्यक्रममा कनपाका प्रमुख प्रशासकिय अधिकृत श्री विशकसेन ढकाल, लेखा अधिकृत श्री टेकेन्द्र कुमार कार्की, सूचना प्रविधि अधिकृत श्री निर्मल लामा, राजश्व उपशाखाका प्रमुख श्री कुमार थापा कर्मचारीहरु श्री सुमित्रा कुमारी कार्की, श्री सपना श्रेष्ठ लगायतकाे उपस्थिति रहेकाे थियाे ।