FAQs Complain Problems

२४ ‌औँ नगर स्थापना दिवस

कमलामाई नगरपालिकाकाे २४ ‌औँ नगर स्थापना दिवस कमलामाई नगरपालिकाकाे नगर प्रमुख श्री खड्ग बहादुर खत्रीज्यूकाे अध्यक्षता, नगर उप प्रमुख श्री मञ्जु देवकाेटा, प्रमुख प्रशासकीय अधिकृत, विशकसेन ढकाल, नगर प्रवक्ता श्री कर्ण घिसिङ, १४ वटै वडाका वडा अध्यक्ष, नगर खेलकुद विकास समितिका अध्यक्ष श्री दिपेन्द्र फुँयाल, कार्यापालिका सदस्य तथा हास्यव्यङ्गय कलाकार श्री दिनेश काफ्ले(संकल्प) ज्यूकाे अतिथ्यतामा र वडा सदस्य, कनपाका शाखा प्रमुख तथा सम्पूर्ण कर्मचारीहरुकाे उपस्थितिमा भव्य कार्यक्रमका साथ समापन भएकाे छ ।

कार्यक्रममा उत्कृष्ट कृषिखेती गर्ने र उत्कृष्ट पशुपालन गर्ने कृषकहरुलाई सम्मान तथा प्राेत्साहन गरिएकाे थियाे भने विभिन्न स्थान हासिल गर्न सफल खेलाडीहरुलाई पुरस्कार वितरण सहित सम्मान गरिएकाे थियाे ।