FAQs Complain Problems

kamalamaimun.ward

कमलामाई नगरपालिकाकाे वडा न‌ं. १४ रानीवास स्थित रानीवास स्वास्थ्य चाैकिमा आज निःशुल्क वृहत स्वास्थ्य शिविर सञ्चालन भएको छ । उक्त कार्यक्रमकाे उद्धघाटन कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रीज्यूले गर्नु भएको छ ।

उक्त निःशुल्क स्वास्थ्य शिविरबाट सुगर, प्रेशर, थाइराइड, मुटुराेग, सेताे पानी बग्ने, आङखस्ने, महिनावारी गडबडी, तल्लाे पेट दुख्ने लगायतका महिला सम्बन्धि समस्याहरु, हातखुट्टा झम्झमाउने, लुलाे भएको, बांगाे भएको, भाचिएकाे, बालराेग सम्बन्धि सेवाहरु, मानसिक राेग सम्बन्धि समस्याहरु, नाक, कान, घाटी तथा छालाराेग सम्बन्धी समस्याहरु लगायत विभिन्न स्वास्थ्य सेवाहरुको निःशुल्क उपचार हुने स्वास्थ्य चाैकिका प्रमुख माेहन प्रसाद सुवेदीले बताउनुभयाे ।

उक्त कार्यक्रममा कमलामाई नगरपालिकाबाट स्वास्थ्य चाैकिलाई डि फ्रिज, सर्जिकल सामान, औषधी लगायतका सामान हस्तान्तरण गरिएको थियाे । साविक गाविसमा छ वटा स्वास्थ्य चाैकि स्थापना गरेर हाल कनपाका १४ वटै वडामा स्वास्थ्य चाैकि स्थापना गरिएको कनपाका प्रमुख प्रशासकिय अधिकृत पुरुषाेत्तम सु्वेदीले बताउनु भयाे । हाल सरकारले वितरण गरिरहेको ७० प्रकारका निःशुल्क औषधीहरु हरेक स्वास्थ्य चाैकिबाट निःशुल्क वितरण हुनु पर्ने र आधारभूत स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य चाैकिमा परीक्षण गर्नु हुन सबै वडा बासिलाई जानकारी गराउनुभयाे ।

स्वास्थ्य सबै भन्दा ठूलाे धन भएको हुनाले सबैलाई निराेगी भई आफू पनि सुखि र घरपरिवारलाई पनि सुखि बनाउन वडा बासिलाई कनपाका नगर प्रमुख खड्ग बहादुर खत्री ज्यू ले बताउनु भयाे । यसै गरि यस निःशुल्क स्वास्थ्य शिविर बाट लाभ लिनहुन सबै वडा बासिमा उहाँले अनुराेध गर्नुभयो । आफ्नाे घाेषण पत्र अनुसार आफ्नाे कार्यकाल भित्र ९५ प्रतिशत कार्य पूरा गरिसक्ने र ५ प्रतिशत कार्य आफ्नाे क्षेत्र अधिकार बाहिर रहेको जानकारी गराउनुभयो । आर्थिक अभावले अव कोही युवा पनि व्यवसाय गर्न बाट बञ्चित नहुने बताउनुभयो र स्वास्थ्य शिक्षालाई पहिलाे प्राथमिकता दिएर अगाडि बढेको बताउनुभयो । यसै गरी हालसम्म माेतियाविन्दु भएका १००० जनाको निःशुल्क उपचार कनपाले गरेको बताउनुभयो ।

उक्त कार्यक्रम कमलामाई नगरपालिकाकाे आयोजना तथा सिन्धुली अस्पतालको प्राविधिकको सहयाेगमा सञ्चालन गरिएको छ जसमा विभिन्न क्षेत्रका विशेषज्ञ डाक्टरहरुले स्वास्थ्य परीक्षण गर्नु भएको छ ।