FAQs Complain Problems

कमलामाई नगरपालिकाकाे नगर प्रमुखमा विजय भए पश्चात १०० दिनमा सम्पन्न गरेका कार्यहरु ....

अादरणिय नगरवासी महानुभावहरु यहाँहरुको अमूल्य मतबाट कमलामाई नगरपालिकाको नगर प्रमुखमा विजय भए पश्चात १०० दिनमा सम्पन्न गरेका कार्यहरुकाे  विवरण पेश गरेको छु ।  

१. नगर सफा, सुन्दर राख्ने अभियान स्वरुप नगरपालिकाको मुख्य बजार क्षेत्रमा नालाहरुको सफा गर्ने कार्य भएको । 

२. वि.पी. राजमार्ग सुन्दरता दिनको लागि कमलामाई नगरपालिका वडा नं. २ चियावारी देखी ढुङ्ग्रेभन्ज्याङ सम्मको वि.पी. राजमार्ग दायाँ वायाँ फुलवारी बनाउन विरुवा रापिएको साथै सो को संरक्षणको लागि दुई जना हेरालु      राखिएको छ भने वडा नं. ७ को सैनिक एरियामा सडको दायाँ वायाँ अशोकको विरुवा राेप्ने कार्य गरिएको । 

३. कमलामाई नगरपालिकालाई खुला दिसामुक्त नगर घोषणा गरिएको । 

४. निर्वाचित जनप्रतिनिधीहरुको लागि अाचार संहिला स्वीकृत गरि लागू गरिएको । 

५. एेतिहािसक विजयकिल्ला सिन्धुलीगढीको संरक्षण र सम्वर्द्धनको लागि रु. करोड वजेट विनियोजन गरी कार्य प्रारम्भ गरी घेरावेराको लागि नक्शांकनको कार्य गरिएको । 

६. सडक सार्वजनिकको समस्याका कारण भुकम्प पिडितहरुको भवन निर्माण गर्न नक्शापासको समस्या रहेकोमा साे को समाधनको लागि कमलामाई नगरपालिकाको वस्तीिवकास, शहरीयाेजना तथा भवन निर्माण सम्वन्धी     अाधारभूत निर्माण मापदण्ड २०७२ मा पहिलो संशोधन गरि कार्यान्वयन गरिएको । 

७. वि.पी. राजमार्गको सडक अधिकार क्षेत्र लगतकट्टा भए बमोजिम नै केन्द्र विन्दुबा६ १५/१५ मिटर कायम गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरि ‌अावश्यक पहल गरिएको । 

८. हेटाैडा-सिन्धुली-धरान-चतरा सडकको धुरावजार देखी खट्टारसम्मको सडक खण्डलाई शहरी विकास कायम गरि दिनका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय भइ आवश्य पहल गरिएको । 

९. प्रथम नगरसभा बैठक गरिएको । 

१०. नगरक्षेत्र भित्र विपदमा परि ज्यानगुमाएका परिवारलाई प्रतिव्यक्ति रु. १० हजार उपलव्ध गराउने नीतिगत निर्णय गरिएको । 

११. हालैको बाढी पहिरो लगाएतका विपदबाट पिडितहरुको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप कोषमा रु. १ लाख उपलव्ध गराइएको । 

१२. नगरपालिकाले उधोग वाणिज्य संघको सहकार्यमा  मिति २०७४ असोज १ गतेबाट प्लाष्टिकमुक्त नगर बनाउनको लागि अावश्यक तयारी पुरा गरिएको 

१३. नगरवासीहरुको गुनासो सम्वोधन गर्नका लागि नक्शाअभिलेखिकरण/नियमितको लागि ३ महिना म्यादथप गरिएको । 

१४. सवै वडाहरुमा वडा कार्यालय स्थापना गरि वडा कार्यालयबाट नै सेवा प्रवाहको कार्य शुरु गरिएको । 

१५. नगर कार्यपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरुको लागि अनिवार्य विधुतिय हाजिरीको व्यवस्था गरिएको 

१६. मेरो अाफ्नो सम्पति विवरण पेशर गरि सार्वजनिक गरिएको ।