FAQs Complain Problems

भुमिहिन दलित, भुमिहिन सुकुम्वासी, अव्यबस्थित वसोवासीहरुलाई लालपूर्जा वितरण

भुमिहिन दलित, भुमिहिन सुकुम्वासी, अव्यबस्थित वसोवासीहरु तर्फ कमलामाई नगरपालिकाकाे वडा नं ३ जलकन्यामा नक्सा प्रमाणिकरणको आधारमा निवेदन दर्ता तथा नाप नक्साको निस्सा १७ जनामा वितरण गरिएकाे छ।

कनपा वडा नं ३ का वडा अध्यक्ष श्री खडग प्रसाद चौलागाईको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा राष्ट्रिय भूमी आयोगका जिल्ला अध्यक्ष श्री राम कुमार पौडेलज्यूको प्रमुख आतिथ्यता र यस नगरपालिकाका उप प्रमुख श्री मन्जु देवकोटाज्यूको विशिष्ट आतिथ्यतामा साथै नापी कार्यलय सिन्धुली, मालपोत कार्यालय सिन्धुली, जिल्ला समन्वय समिति सिन्धुली तथा अभिलेखिकरण कार्यका संयोजक तथा वडा नं ९ का वडा अध्यक्ष श्री देवराज पौडेलज्यूकाे उपस्थितिमा वितरण गरिनुका साथै वाकीहरुको पनि यहि हप्तामा सम्पन्न गर्ने गरि लालपुर्जा वितरण गरिने ईकाई प्रमुख मुकेश तामांगले वताउनु भयो ।